वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क, त्यसपछि कति लाग्छ ?

काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको हो ।

केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत निर्देशिका २०७७, अ. प्रा. निर्देशन नं. ५/२०७७ को बुदा नं. २ मा खण्ड ‘घ’ थप गर्दै यस्तो व्यवस्था गरेको हो।

निर्देशनमा उल्लेख गरिए अनुसार १ हजार रुपैयाँसम्म कारोबार रकम भएका नि:शुल्क गर्न सक्ने, सो भन्दा माथि ३ हजार रुपैयाँसम्म कारोबार रकम भएमा ५ रुपैयाँ लिन पाउने व्यवस्था गरिएको छ ।

३ हजार भन्दा माथि १० हजारसम्मको कारोबारका लागि १० रुपैयाँ लिन पाउने र १० हजार भन्दा माथि ३० रुपैयाँ सुल्क लिन पाउने उल्लेख गरिएको छ ।

पछिल्लो समय कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पुस मसान्तसम्म निशुल्क भुक्तानी हुनुपर्ने र माघ १ गते देखि तोकिएको रकम लिन पाउने राष्ट्र बैंकले जानकारी गराएको छ ।

2 COMMENTS

  1. […] सचिव रामशरण पुडासैनीले राजस्व वालेटमार्फत राजस्व भुक्तानी शुल्क पु…चुहावट नियन्त्रणमा विशेष ध्यान दिन […]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here