थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो

काठमाडौं, २३ असोज । नेपालमा पछिल्लो २४ थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुष रहेका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here