थप ५ हजार ८ जनामा कोरोना संक्रमण, १२२९ जना संक्रमणमुक्त

काठमाडौं, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १९ हजार ३२० जनाको पीसीआर परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १२२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७४ हजार २५२ पुगेको छ। देशभर ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here