सरकार र डा. केसीबीच ८ बुँदे सहमति, के छ सहमति पत्रमा ?

काठमाडौं, २५ असोज । सरकारले अनशनरत डा. गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ ।

डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर आमरण अनसन बसेका डा. केसीले सहमतिसँगै आइतबार २७ दिन लामो आमरण अनसन तोड्ने भएका छन्।

बुधबार सरकार र डा.केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here