कोरोना संक्रमणबाट एकै दिन २२ जनाको मृत्यु

काठमाडौं, २५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १७ पुरुषको मृत्यु भएको हो । यो एकै दिन हालसम्मकै धेरै मृत्यु हो।

काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।

सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here