१३औँ सागको लोगो र मस्कट सार्वजनिक, मस्कटमा कृष्णसार

काठमाडौं, ३० बैशाख । १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को लोगो र मस्कट सार्वजनिक गरिएको छ।

सोमबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले लोगो तथा मस्कट सार्वजनिक गरेका हुन्।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालको काठमाडौं र पोखरामा आयोजना हुने सागको लोगो र मस्कट छनौट समितिले विराटनगरका भोलानाथ पौडेलले बनाएको लोगोलाई छनौट गरेको हो ।

लोगो र मस्कट ६ जनाले पठाएको भएपनि पौडेलकाे डिजाइन उत्कृष्ट ठहरिएको हो । उनले पुरस्कार बापत एक लाख रुपैयाँ पाउनेछन् ।

सागको मस्कटमा बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने जनावर कृष्णसार राखिएको छ । त्यस्तै लोगोमा उड्न लागेको परेवाको आकृति रहेको छ ।

खेलकुद मन्त्री विश्वकर्माको संयोजकत्वमा रहेको प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here