सार्वजनिक सवारीले सबै सिटमा यात्रु बोक्न पाउने, भाडा दर पुरानैै

काठमाडौं, २६ असोज । सरकारले नेपालीहरुको ठूलो चाड दशैँमा बढ्ने यात्रुको भिडभाडलाई मध्ये नजर गर्दै सार्वजनिक सवारीले सबै सिटमा यात्रु बोक्न पाउन व्यवस्था गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो ।

यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको एक मन्त्रीले जनाकारी दिए ।

यसअघि एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ।

‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here