निम्न चापीय क्षेत्र नेपालतर्फ नजिकिंदै, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

काठमाडौं, २७ असोज । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले मुलुकभरको मौसममा आंशिक बदली भएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर पश्चिमी दिशातर्फ सर्दा मौसममा बदली भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ ।

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यसै गरी, दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आजको मौसम पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षाको सम्भावना छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।

कस्तो रहला आगामी तीन दिन ?

असोज २७ गते (मंगलबार)

दिउँसो – प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति – प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

असोज २८ गते (बुधबार)

दिउँसो – प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति– प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

असोज २९ गते (बिहीबार)

दिउँसो – प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागका हल्का वर्षाको सम्भावना छ ।

राति– प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here