थप २६३८ जनामा कोरोना संक्रमण, २१७४ जना डिस्चार्ज

काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ९४७ जनाको पीसीआर परीक्षणमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा २१७४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here