थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५९८ जनाको पीसीआर परीक्षणमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।