राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

काडमाडौं, ३० असोज । नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो।

राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेलका लाग जानेछ।

चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । यसअघि अखिल नेपाल फूटबल संघ (एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको थियो ।

तर, उपत्यकामा निषेधाज्ञा जारी भएपछि अन्तिम समयमा अभ्यास रोकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here