उदयपुरमा स्कोर्पियो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं, २ कात्तिक । उदयपुरको कटारीमा गएराति स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० त ७१७१ नम्बरको स्कोर्पियो राति २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका–९ का ४५ वर्षिय रामबहादुर सार्की र सोही स्थानका २६ वर्षका कर्ण सार्की रहेका छन्। अन्य ३ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here