अस्ट्रियामा नेपाली महिलाले गरिन् ३ छोराछोरीको हत्या

काठमाडौं, २ कात्तिक । अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना ससाना तीन छोराछोरीको हत्या गरेकी छन्।

गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेको र त्यसपछि अस्ट्रियाको भियना निवासी ३१ वर्षीय महिलाले पुगेकी ती महिलाले ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान उक्त घटना घटेको हो । जेठी छोरीलाई जीवितै फेला पारेर अस्पताल लगिए पनि उनको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। छोराछोरीको हत्या गरेपछि ती महिला आफैंले प्रहरीलाई खबर गरेकी थिइन्।

हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी बेलायती अनलाइन पत्रिका मिररले उल्लेख गरेको छ। उनको अवस्था सामान्य हेको छ ।

उनका पति पनि भियनामै बस्छन्। तर उनीहरूबीच झगडा भएकाले अलग-अलग बस्ने गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here