मेगा बैंकबाट दशैँको दक्षिणा पठाउँदा ३ सय क्यास ब्याक

काठमाडौं । मेगा बैंकले मोबाईल बैंकिङ्गबाट दक्षिणा दिँदा क्यास ब्याक योजना ल्याएको छ ।

बैंकले मोबाईल बैंकिङ्गबाट दक्षिणा दिदा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने ‘तीनमा तीन सय’ योजना ल्याएको हो ।

जस अनुसार बैंकको एपमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा रकम पठाउँदा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त हुने छ ।

कोरोनाको असहज परिस्थितिमा नोटबिहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘डिजिटल दक्षिणा’ अफर ल्याएको जनाएको छ ।

तर, रकम पठाउँदा विवरण अर्थात् रिमार्कसमा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने उक्त अफरमा ग्राहकहरुले तीन वटा खातामा कुल न्यूनतम ५ सय रुपैंया दक्षिणा रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here