काठमाडौं, ५ असोज । दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ ।
दशै शुरुभएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या दिनदिनै बढिरहेको हो ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार घटस्थापनाको दिनदेखि ४ दिनमै बाहिरिने यात्रुको संख्या धेरै रहेको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक २० हजारभन्दा बढिको संख्यामा यात्रुहरु बाहिरिने गरेका छन् ।
तथ्यांक अनुसार कात्तिक १ गतेदेखि चार गतेसम्ममा ९१ हजार ५ जनाले उपत्यका छोडेका छन् ।
तथ्यांक अनुसार एकैदिन बढीमा २३ हजारसम्मले यात्रा गरेका छन् । जसमा सबैभन्दा बढी यात्रु कात्तिक ३ गते बाहिरिएका छन् ।
त्यसदिन २३ हजार ८ सय ३६ यात्रु बाहिरिएका छन् । १६ हजार ३ सय ४ जना भित्रिएका छन् ।
उक्त संख्या उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतको हो ।
सरकारले सार्वजनिक बसमा सिट क्षमताको अनुसार नै यात्रु राख्न र तोकिएको पुरानै भाडा लिन पाउने गरी सार्वजनिक यातायात निर्देशन दिएको छ ।
यसअघि सार्वजनिक बसमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न र तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी लिन पाउने व्यवस्था थियो ।
[…] […]