भारतले एकपक्षीय रुपमा नाका खोलेपछि सीमाक्षेत्रमा तनाव

काठमाडौं, ७ कात्तिक । भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेको छ ।

दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली रोक्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गएको चैत ११ गतेदेखि बिना अनुमति सर्वसाधारलाई नेपाल भित्रिन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रिन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेत्रमा जम्मा भएका छन् ।

निजी गाडीमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here