काठमाडौं उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित

काठमाडौं ७, कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । जसमा १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here