काठमाडौंमा थप १५३५ जनामा कोरोना पुष्टी

काठमाडौं, ९ कात्तिक । काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ५ सय ३५ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ६ सय २९ महिला र ९ सय ६ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यका पछिल्लो समय संक्रमणको मुल जरो बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here