देशभर थपिए २८५६ संक्रमित, कोरोना जित्नेको संख्या ३३३६

काठमाडौं, ९ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ। अब नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५७२ रहेको छ।

देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर संक्रमित मुक्त हुनेको संख्या एक लाख ११ हजार ६७० छ। २४ घण्टामा थप ५ जनाको निधन भएको छ । हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८४७ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र १२ हजार ३११ पिसिआर परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here