खर्च बेहोर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं, ९ कात्तिक । सरकारले कोरोना भाइरसको उपचार गर्न नसक्ने नागरिकको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो ।

सरकारको पछिल्लो निर्णयपछि अस्पतालहरुले बिरामी भर्ना अगाडी नै मोटो रकम धरौटीका रुपमा माग गरिरहेका छन् । रकम जम्मा गर्न नसक्ने मानिस उपचारबाटै बञ्चित हुनु परेको छ । सोहीकारण सरकारले उपचार खर्च तिर्न सक्दिन भनेर स्वघोषणा गरेका सबै बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै उपचार खर्च तिर्न सक्दिन भनि स्वघोषणा गरेका सबै बिरामीको उपचार खर्च सरकारले तिर्ने स्पष्ट पारेको छ । सोहीकारण उपचार खर्च बुझाउन नसकेर कुनै सङ्क्रमितको स्वास्थ्यमा असर परेमा सम्बन्धित अस्पताल नै जिम्मेवार स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न निर्देशन दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here