थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज

काठमाडौं, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ७६९ जनाको पीसीआर परीक्षणमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ६४ हजार ७१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३०३८ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ। देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here