एकैदिन पाँच लाख ४३ हजार कोरोना संक्रमित थपिए, सात हजार जनाको मृत्यु

काठमाडौं, १४ कात्तिक । विश्वमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । सुरुका केहि दिन घटेको संक्रमितको संख्या फेरि बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टामा पाँच लाख ४३ हजार ४०९ संक्रमित थपिएका छन् । यो सहित विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ५३ लाख १० हजार ८७२ पुगेको छ।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ८५ हजार ७२३ पुगेको छ। -पछिल्लो २४ घण्टामा सात हजार १५७ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड २९ लाख ८४ हजार ७८० जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ११ लाख ४० हजार ३६९ छ। त्यसमध्ये ८२ हजार २०२ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९२ लाख १० हजार ८०२ पुगेको छ। भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ भने ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here