कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

काठमाडौं, १४ कात्तिक । कोरोना संक्रमण पुष्टि भइ उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ ।

काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान निधन भएको हो।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर, ज्वरो बढेपछि कात्तिक १ गते उपचारका लागि ओम अस्पताल चाबहिलमा भर्ना गरिएको थियो ।

ब्रोनकाइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here