रोकिएन घरेलु हिंसा: ६ महिनामा १६७३ घटना, ३८ प्रतिशत श्रीमानबाट

Photo Source: United Nations

काठमाडौं, १४ कात्तिक । घरेलु हिंसा बढ्दो क्रममा रहेको छ । ओरेक अभिलेखिकरण अनुसार ६ महिनाको अवधिमा(बैशाख देखि असोजसम्म) १६७३ वटा घरेलु हिंसाका घटना घटेका छन्  । जसमध्ये ९० प्रतिशत घटना प्रभावितको समुदाय र परिवारमै घटेको पाइएको छ ।

असोज महिनामा मात्र ओरेकले कार्यालयमा अभिलेखिकरण गरेका (१३८) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (५०) तथ्याङ्कका आधारमा १८८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको छ ।

तथ्याङ्क अनुसार पछिल्लो छ महिनामा ३६७ वटा (२२ प्रतिशत) बलात्कारको तथ्याङ्क संकलन भएको छ जसमा ४४ वटा सामुहिक बलात्कारको घटना समावेश छ ।

यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ । त्यसैगरि १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना संकलनभएका छन् ।

साथै १८ वटा (१ प्रतिशत) मानव वेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटनाको तथ्याँक संकलनभएको छ ।

बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको तथ्यांकलाई हेर्दा ३० प्रतिशत महिला तथा बालिका माथि हुने हिंसाका घटना यौनजन्य हिंसा रहेको छ । जुन घरेलु हिंसा पछाडी सबैभन्दा बढी रहेको छ ।

जसमा ४४ वटा सामुहिक बलात्कारको घटना घटेका छन् । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको तथ्याङ्क संकलन भएको छ ।

त्यसैगरि १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना संकलन भएका छन् ।

साथै १८ वटा (१ प्रतिशत) मानव वेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटनाको तथ्याँक संकलन भएको छ ।

बलात्कार, बलात्कार प्रयास तथा यौन दुव्र्यवहारको तथ्यांकलाई हेर्दा ३० प्रतिशत महिलातथा बालिका माथि हुने हिंसाका घटना यौनजन्य हिंसा रहेको पाइन्छ जुन घरेलु हिंसा पछाडी सबैभन्दा बढी रहेको छ ।

बलात्कारबाट प्रभावित मध्ये २८३ जना (७७ प्रतिशत) १८ वर्ष मुनिका बालिका र किशोरी रहेका छन् जसमा २ वर्षदेखि १० वर्षसम्मका ३९ जना (१३ प्रतिशत) बालिका छन् ।

११ देखि १८ वर्षमुनिका २४४ (८६ प्रतिशत) बालिका र किशोरी रहेका छन् । प्रभावितको आरोपितसँगको सम्बन्ध हेर्दा १६१ जना (५७प्रतिशत) आरोपित छिमेकी, ५३ जना (१९ प्रतिशत) परिवारका सदस्य, २३ जना (८ प्रतिशत) प्रेमी, ४ जना (१ प्रतिशत) शिक्षक, ८ जना (३ प्रतिशत) सेवाप्रदायक र २५ जना (९ प्रतिशत) मात्र अपरिचित रहेका छन् ।

प्रभावितको पीडकसँगको सम्बन्ध

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ६४३ वटा (३८ प्रतिशत) हिंसा श्रीमानबाट भएको छ भने ३७३ (२२ प्रतिशत) हिंसाको घटना छिमेकीबाट भएको छ ।

३६५ वटा (२२ प्रतिशत) हिंसाको घटना परिवारका सदस्यवाट भएको छ । त्यसै गरी ४८ वटा (३ प्रतिशत) सेवा प्रदायकबाट, १११ वटा (७ प्रतिशत) अपरिचित व्यक्तिबाट, ७९ वटा (५ प्रतिशत) हिंसा प्रेमिबाट, त्यस्तै ३७ वटा (२ प्रतिशत) साथीबाट र १५ वटा (१ प्रतिशत) शिक्षकबाट हिंसा भएको तथ्याङमा उल्लेख छ ।

बालिका तथा किशोरी माथि भएका बलात्कारका घटना साथै महिला माथि हुने सबै प्रकारका हिंसाहरु मध्ये करिब ९० प्रतिशत घटना आफ्नै समुदाय, घर र परिवार भित्र भएको यो तथ्यांकले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here