काठमाडौंमा छुरा प्रहार गरि एक जनाको हत्या

फाइलफोटो

काठमाडौं, १४ कात्तिक । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ ।

काठमाडौंको धापासीमा एक समूहले छुरा प्रहार गरी युवकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान ज्यान गएको छ ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा उनीमाथि समूहले छुरा प्रहार गरेको हो । त्यसक्रममा गम्भीर घाइते भएका उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here