लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ उत्कृष्ट, जित्यो २ लाख रुपैयाँ

काठमाडौं, १ जेठ । नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता २०७५’ मा कृष्ण कुमार महतोको ‘अप्पन’ पहिलो भएको छ ।

प्रतियोगितामा गगन कुमार श्रेष्ठको ‘चाहना’ दोस्रो भयो भने प्रद्युम्न मिश्रको हातेमालो तेस्रो भयो ।

पहिलो हुने चलचित्रले पुरस्कार स्वरुप दुई लाख रुपैयाँ नगद हात पार्यो भने दोस्रोले एक लाख पचास हजार र तेस्रोले एक लाख रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’ चौथो र शम्भु थापाको ‘साहस’ पाँचौं भएको छ । यी दुवै लघु चलचित्रले सान्त्वना पुरस्कार स्वरुप २५ हजार रुपैयाँ र प्रसंसा पत्र प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट भएका लघु चलचित्र निर्माताहरुलाई नेपाली सेनाका प्रमुख सेनापति पूर्णचन्द्र थापाले सभागृहमा आयोजित कार्यक्रममा नगद र प्रसंसा पत्र सहित पुरस्कृत गरे ।
त्यस्तै चलचित्र बोर्डका अध्यक्ष केशव भट्टराईले पनि प्रतियोगीको हौसला बढाउन सबै प्रतियाेगीलाई जनही २५ हजार नगद प्रदान गरे ।

नेपाली सेनाले प्रत्येक वर्ष उत्कृष्ट विषयबस्तु समावेश गरी तयार पारेको लघु चलचित्रहरुलाई बिज्ञहरुद्धारा मुल्याङ्कन गरी पुरस्कार प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here