काठमाडौं । कोरोनाको भाइरसको महामारी फैलिरहेको अवस्थामा हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता वृद्धि गर्नु अत्यन्त आवश्यक हुन्छ ।
रोग प्रतिरोधक क्षमता बढाउनको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थामा रोग प्रतिरोधक क्षमता बढाउने फलफुल धेरै खानुपर्दछ ।
यी हुन् रोग प्रतिरोधक क्षमता बढाउने फलफुलहरुः
सुन्तला
सुन्तला रोग प्रतिरोधक क्षमता वृद्धि गर्ने फल हो । यसमा हुने क्याल्सियम र भिटामिन सी ले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई वृद्धि गर्छ । यसका साथै कोलेस्ट्रोलको मात्रा कम गर्नमा पनि महत्वपुर्ण काम गर्छ ।
अनार
अनार हामीमध्ये सायद कमै मान्छेलाई मन पर्दैन् । मिठो हुनुका साथै रक्तचापका विरामी तथा मुटु सम्बन्धी समस्या भएका मानिसहरुको लागि फलदायी हुनुका साथै क्यान्सरबाट पनि बचाउँछ ।
अम्बा
अम्बामा पाईने भिटामिन सी, एन्टी अक्सीडेट्स र फाइबरले ब्लड सुगरलाई नियन्त्रण गर्दछ । जसको कारण रोग प्रतिरोधक क्षमतामा पनि वृद्धि हुन्छ ।
मौसम
कागती प्रजातिमा पर्ने मौसमले पनि हाम्रो शरीरको रोग प्रतिरोधक क्षमतालाई वृद्धि गर्नमा महत्वपुर्ण काम गर्छ । यसमा रहने भिटामिन सी ले हाम्रो रगतलाई सफा बनाउने काम गर्छ । (एजेन्सीको सहयोगमा)