प्रमुख जिल्ला अधिकारी सहित गोरखामा थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं । सोमबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई सहित गोरखामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ४४ वर्षका प्रजिअ दम्पत्ति सहित थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसका साथै गोरखा नगरपालिकामा १० जना, पालुङटार नगरपालिकामा सात जना, शहिद लखन गाउँपालिकामा चार जना, अजिरकोट गाउँपालिकामा सात जना,आरुघाट गाउँपालिकामा एक जना र आँपपिपल अस्पतालमा उपचार गरिरहेका एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here