आइपिएल: विजयी दिल्ली क्वालिफायरमा, बैग्लोर पनि प्लेअफमा

काठमाडौं, १८ कात्तिक । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईको शेख जायद स्टेडियममा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

दिल्लीसँग पराजित भएपनि बैग्लोर पनि प्लेअफमा पुगेको छ। तेस्रो स्थानमा रहेको बैग्लोर कोलकाताका भन्दा नेटरनरेटले अगाडी रहेपछि प्लेअफमा स्थान बनाउन सफल भएको हो।

दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी ९ रनमा आउट भए ।

मार्कुस स्टोनिस १० र ऋषव पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।

पहिलो क्वालिफायरमा फाइनलमा स्थान मुम्बई र दिल्ली बिहिबार भिड्नेछन्। शुक्रबार तेस्रो र चौथो स्थानमा रहेका टोलीले एलिमिनेटर खेल खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here