‘डेस्पासितो’लाई पछि पार्दै ‘बेबी सार्क’ बन्यो युट्युबमा सबभन्दा धेरै हेरिने भिडियो

काठमाडौं । स्पेनिस गीत डेस्पासितोलाई पछि पार्दै बेबी सार्क नामक गीत युट्युबमा सबैभन्दा धेरै भ्युज पाउने भिडियो बनेको छ ।

डेस्पासितो पछिल्लो तिन वर्षदेखिको सबैभन्दा धेरै भ्युज पाउने भिडियो रहेको थियो ।

डेस्पासितोको मंगलबारसम्म झन्डै ७ अर्ब ४ करोड भ्युजको नजिक छ भने बेबी सार्कले यसलाई उछिन्दै आफ्नो भ्युज ७ अर्ब ५ करोड पुगेको छ ।

साउथ कोरियाली कम्पनी पिंकफङले रेकर्ड गराएको यो भिडियो सन् २०१६ जुन १८ मा पिंकफङ किड्स सङ एन्ड स्टोरिज् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here