नारायण रायमाझीको ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । तिहार नजिकिँदै गर्दा देउसी भैलो गीतहरु धमाधम सार्वजनिक हुन थालेका छन् । यही क्रममा नेपाली लोक संगीतकै चर्चित चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीले ‘नचरी आशिष देउसी भैलो’ गीत सार्वजनिक गरेका छन् ।

देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियो रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । देउसी भैलो गीतको शब्द, लय संगीत, रायमाझीकै रहेको छ । गीतलार्ई गायिका टिका पुनले स्वरमा साथ दिएकी छिन् ।

गीतमा गीतमा बि.बि.अनुरागीको संगीत संयोजन रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् । छायांकन/सम्पादन/कलर मिराज अर्यालको रहेका छ ।

अन्य सहयोगीहरुमा उदिराम खड्का,बिन्दु खड्का, बिवेक खड्का, मनोज खड्का, सरु राई, ऐलिना ठकुरी, दिपक बि.टि.एल. र सन्देश रायमाझी रहेका छन् ।

नेपाली समाजमा कार्तिक कृष्ण औँसीको साँझमा लक्ष्मीपूजा गरेपछि भैलो गीत गाउने चलन छ । विशेषगरी साना नानी र किशोरीहरूले भैलो गीत गाउँछन्।

गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्छन्। कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्छ। देउसी खेल्ने परम्परासँग दानवराज बलिको कथा जोडिएको छ।

वर्षौ अघिदेखि गाउँका कुनाकन्दरामा सिर्जना भएका र समय र स्थानअनुसार परिमार्जन हुँदै आएका साहित्य पनि कम मजबुत हुँदैनन् भन्ने प्रमाण तिहारमा खेलिने देउसी भैलो चुट्का, बालन, भजन आदिले दिइरहेका हुन्छन्।

तिनमा भएका शब्दको प्रयोग र सबैको मन जित्न सक्ने प्रस्तुतिले यसको पुष्टि गर्छ। सुरुदेखि अन्त्यसम्म एउटै फाँकीमा गाइने देउसीभैलो ठाउँ अनुसार फरक लबजका भएको पाइन्छ।

लोपोन्मुख संस्कृति नचरीको आशीष गीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here