धाँधली भयो अब सर्वोच्च अदालत जान्छुः राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् ।

बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् ।

‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’ उनले भने।

चुनाव जित्नै लागेको अवस्थामा धाँधली गरेर आफूलाई पछाडी पारिएको आरोप समेत उनले लगाएका छन् ।

चुनावको अन्तिम मत परिणाम आउन अझै केही समय लाग्न सक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here