थप ३०५१ जनामा कोरोना पुष्टि, ३४३० जना संक्रमणमुक्त

काठमाडौं, २० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १२०९ महिला र १८४२ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४३० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको मन्त्रालयले जनाएको छ।