एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?

काठमाडौं । साताको अन्तिम दिन आज छापावाल सुनको मूल्य प्रतिलोला एक हजार रुपैयाँ बढेको छ ।

विहीवार प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज एक हजार रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँ नै बढेको छ । विहीवार प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आज एक हजार रुपैयाँ बढ्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढ्यो ।

विहीवार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४५ रुपैयाँ बढ्दै १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here