थप २९०९ जनामा कोरोना पुष्टि, ४५०० जना संक्रमणमुक्त

काठमाडौं, २१ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५०० जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here