बेङ्ग्लोरलाई हराउँदै हैदराबाद क्‍वालिफायरमा

काठमाडौं, २२ कात्तिक । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईमा राति शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो ।

शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विलियमसनले २ चौका र २ छक्काको सहयोगमा ५० रनको योगदान गरे ।

जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए ।

एडम जाम्पा र युजभेन्द्र चाहलले १ र १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

बलिङतर्फ हैदरावादका लागि जेसन होल्डरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै थङ्गार्सु नटराजनले दुई विकेट लिँदा साहजब नदिमले एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै हैदरावाद क्वालिफायरमा प्रवेश गरेको छ । हैदरावादले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here