थप २७५३ जनामा कोरोना पुष्टि, २२०६ जना संक्रमणमुक्त

काठमाडौं, २२ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२०६ जना निको भइ घर फर्केका छन्।

यो सँगै नेपालमा एक लाख ५५ हजार १ सय १४ जना संक्रमित उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here