थप २५७१ जनामा कोरोना संक्रमण, १७९८जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९८ जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ५९ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन्।

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here