एकैदिन प्रतितोला ३ हजार ४०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य तेस्रो दिन भने ह्वात्तै घटेको छ । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँ घट्यो ।

सोमवार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ हजार ४०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ४०० रुपैयाँ नै घट्यो । सोमवार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलवार ३ हजार ४०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँ घट्यो । सोमवार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ७० रुपैयाँ घट्दै प्रतितोला १२ सय १५ रुपैयाा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here