गोरखामा ७ सहित गण्डकी प्रदेशमा ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । गोरखाका ७ जनासहित गण्डकी प्रदेशमा मंगलबार थप ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पहिलो विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका ३८ जना, बागलुङका ७ जना, गोरखाका ७ जना र स्याङ्जाका ९ जना रहेका छन् ।

त्यस्तै दोस्रो विज्ञप्तिमा लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च मा गरिएको परिक्षणमा कास्कीका थप ३८ संक्रमित रहेका छन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here