एभरेष्ट म्याराथनमा २०० भन्दा बढी धावक, बेलायती राजदुत पनि सहभागी हुने

काठमाडौं, ३ जेठ । तेन्जिंग हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करणमा १५५ विदेशी सहित २०० भन्दा बढी धावकहरुको सहभागिता रहने भएको छ ।

म्याराथन सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ । प्रत्येक बर्ष सगरमाथा प्रथम पटक आरोहण भएको दिन प्रथम आरोही एडमण्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाको सम्मान र सम्झानामा मे २९ तारिखका दिन म्याराथन आयोजना गरिन्छ ।

म्याराथनबारे जानकारी दिन काठमान्डौमा बिहिबार आयोजना गरीएको पत्रकार सम्मेलनमा म्याराथनका परिकल्पनाकार बिक्रम पाँडेकाजीले धावकहरुले तिन स्पर्धा फुल म्याराथन (४२.१९५ किम), एभरेष्ट एक्स्मट्रिम अल्ट्रा (६० किमि) र हाफ म्याराथन (२१ किमी) मा प्रतिस्पर्धा गर्ने बताए ।

एभरेष्ट म्याराथनलाइ विश्वकै एक आकर्षक साहसिक खेलकुद गतिबिधिको रुपमा बिकास गरीएको बताउँदै पाँडेकाजीले सबै धावकहरुलाई रुटमा हिमनदी, प्राचिन शेर्पा गाउँ, सम्पदा तथा गुम्बाहरु र सगरमाथा राष्ट्रिय निकुन्जको भौगोलिक विविधताको भरपुर आनन्द उठाउन समेत अनुरोध गरे ।

१५५ विदेशी धावक मध्ये ५९ जना महिला धावक छन् । विदेशी मध्ये १२५ जना फुल म्याराथनमा पर्तिस्पर्धा गर्दैछन् भने, १७ जना एभरेष्ट एक्स्टी«म अल्ट्रा र १२ जना हाफ म्याराथनमा सहभागी हुँदैछन् । विश्वका ३० देशका धावकहरु म्याराथनमा सहभागी हुँदैछन् ।

यस बर्ष २२ बर्षे बेलायती क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा धावक रहेको र क्यानाडाका ६७ बर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा ज्येष्ठ धावक रहेको आयोजकले बताएको छ ।

आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले धावकहरु आजै सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्ने बताए ।

‘म्याराथान उच्च हिमाली क्षेत्रमा आयोजना हुने भएको हुँदा धावकहरुलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिबिर पुर्याइनेछ । साथै चिकित्सकहरुको समूह पनि धावकहरुसंगै हुनेछ,’ पाँडेले बताए ।

फुल म्याराथनमा सहभागी हुन लागेका नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिस म्याराथनको १७ औं संस्करणका प्रमुख आकर्षण हुन् ।

फुल म्याराथनतर्फ खुल्ला स्पर्धाका प्रथम तीन बिजेताहरुले क्रमश नगद रु २००,०००, रु १००,००० र ७५,००० का साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला स्पर्धाका उत्कृष्ट तीन धावकले क्रमश रु १००,०००, रु ७५,००० र रु ५०,०००० प्राप्त गर्नेछन् ।

त्यसैगरि बिदेशी धावकहरुको पुरस्कार राशि क्रमश रु ५०,०००, रु ३५,००० र रु २५,००० रहेको छ ।

एभरेष्ट एक्स्मट्रिम अल्ट्राका प्रथम तीन धावकले क्रमश नगद रु १००,०००, रु ७५,००० र रु ५०,००० प्राप्त गर्नेछन् भने, हाफ म्याराथनमा प्रधम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकहरुले पुरस्कार राशि क्रमश रु ५०,०००, रु ३५,००० र रु २५,००० राखीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here