कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन, ४४ देशका नेपालीमा संक्रमण

काठमाडौं, ३० कात्तिक । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ ।

तीमध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार वेलायत, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ । शनिवार साँझसम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

कोरोना भाइरससम्बन्धी थप समाचारः

गएको २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१५ पुग्यो

बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन सहकार्य गरिरहेका छौंः मेयर शाक्य

रौनक खोसिएको चाड, कस्तो होला देउसी भैलो बिनाको तिहार ?

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै जनामा संक्रमण पुष्टि

सीमा नाकाको प्रतिबन्ध एक महिना थप, नेपालीबाहेकले प्रवेश नपाउने

प्रधानमन्त्रीको कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना कोषमा, मन्त्रीहरुको आधामात्र