अक्षय कुमारको ‘लक्ष्मी’ नेटटिभिमा, नोभेम्बर १६ मा घरमै बसेर हेर्न सकिने

काठमाडौं, ३० कात्तिक । नेटटिभीले अक्षय कुमार अभिनित बहुप्रतिक्षित चलचितत्र ‘लक्ष्मी’ नोभेम्बर १६ मा आईपीटिभिमार्फत रिलिज गर्ने भएको छ ।

पहिलो पटक नेटटिभिले बलिवुड चलचित्र ‘लक्ष्मी’ नोभेम्बर १६ देखि नेपालको दुबै प्लेटफर्म नेटटिभी सेटटप बक्स र नेटटिभी एप मार्फत हेर्न सकिने गरी रिलिज गर्न लागेको हो ।

यो चलचित्र दीपावलीमा सबैभन्दा ठूलो रिलिज हो ।

नेटटिभिको सदस्यता भएका वर्ल्डलिंकका ग्राहकहरूले यस चलचित्रलाई टिभीमा रिलीज भएको पहिलो दिनमा नै नेटटिभी सेट–टप बक्समार्फत हेर्न सक्ने कम्पनीले बताएको छ ।

गैरवर्ल्डलिंक ग्राहकहरूले नेटटिभी एप डाउनलोड गरेर आफ्नो मोवाइलमा चलचित्र हेर्न सक्नेछन ।

नेटटिभीका प्रमुख कार्यकारी अधिकृत निरान राजभण्डारीका अनुसार अहिलेको अवस्थामा सबै सिनेमा हल र मल्टिप्लेक्सहरु बन्द भएकोले मनोरन्जनका विकल्पहरू कम भएकाले दर्शका लागि यो राहत हुन सक्नेछ ।

सम्बन्धित समाचारः

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली कार्यक्रम गरिने

फेसबुकसँगको साझेदारीमा ७५ सय ठाउँमा वर्ल्डलिंकको ‘निःशुल्क’एक्सप्रेस वाइफाई’

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आइपीभी सिक्समा लैजाँदै वर्ल्डलिंक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here