इसेवा मनि ट्रान्सफर र केएमई रेमिटेन्सबीच सम्झौता, हङकङबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

काठमाडौं, ३० कात्तिक । इसेवा मनि ट्रान्सफर र हङकङको केएमई रेमिटेन्सबीच सहकार्यका लागि सम्झौता भएको छ ।

यो सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८ हजार भन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एपमार्पmत पनि प्राप्त सकिनेछ ।

त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । केएमई रेमिट्यान्स्ले छिटै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्पmत पनि सुरु गर्ने छ ।

रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्पmबाट प्रबन्ध निर्देशक अजेश कोइराला र केएमईका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरे ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा रकम भित्राउँदै आएको छ ।

सम्बन्धित समाचारः

इसेवा मनि ट्रान्सफर र रेमिटलि युएसएबीच डिजिटल रेमिट्यान्स् सम्झौता

कुबेतबाट इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा शुरु

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु

ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

इसेवाले पायो आइएसओ २७००१ः २०१३ प्रमाणपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here