थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण, २ हजार ९ सय ३४ जना कोरोनामुक्त

काठमाडौं १, मंसिर । पछिल्लो २४ घण्टामा सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७६ हजार ३ सय ६४ संख्या पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३३ हजार ३ सय ७९ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १३ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here