२४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १ जना कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा थप ५ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा ३ सय ७३,भक्तपुरमा ४४ र ललितपुरमा ८४ गरी ५ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितमध्ये २१२ जना महिला र २८९ जना पुरुष छन् ।

हालसम्म काठमाडौंमा १४ हजार २ सय ७९, भक्तपुरमा १ हजार १ सय ८८ र ललितपुरमा २ हजार २ सय ४ जना सक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here