भ्याटमा दर्ता भएका करदाता २ लाख ६६ हजार, प्यान लिनेको सख्या ७२ प्रतिशतले घट्यो

काठमाडौं ३ मंसिर । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ६६ हजार ४ सय ८५ पुगेका छन्।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा अभिवृद्धि कर भ्याटमा १० हजार ५ सय २२ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५१.४ प्रतिशतले कम हो ।

कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको असोससम्मको तथ्यांकले देखाएको छ ।

त्यस्तै अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ९१ पगुेको छ। चालु आर्थिक बर्षको असोज महिनासम्ममा ९ हजार ७९९ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा अन्तस् शुल्कमा दर्ता हुने करदाताको संख्या ५६.३ प्रतिशतले घटेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयकाअनुसार असोजसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३५ लाख ३३ हजार ३४ पुगेको छ । यस अवधिमा स्थानी लेखा नम्बर लिने करदाताको सख्या ७२.७ प्रतिशतले घटेको हो ।

यस अवधीमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख १९ हजार ६५८, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ७ हजार २९२, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ६ हजार ८४ पुगेको छ । अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here