‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजी विजयी

काठमाडौं, ३ मंसिर । खानेपानी समितिहरुमा सिस्टम उपलब्ध गराउँदै आएको कम्पनी दियालो टेक्नोलोजी ‘सिड स्टार्स वल्र्ड प्रतिस्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ ।

नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिस्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजी छानिएको हो ।

मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजीले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्नेछ ।

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले ‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै खुशी भएको बताए ।

हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइजेसन गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ’उनले भने ।

नेपालमा दियालो टेक्नोलोजिले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङ देखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ ।

यस्तै दियालोले सार्बजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here