थप २१०३ जनामा कोरोना संक्रमण, २८५८ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, ४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २१०३ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा २१०३ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

देशभर थप २८५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।

आज देशभर २८ हजार १०६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here