सुरु भयो जेम एण्ड ज्वेलरी एक्स्पो, प्रधानमन्त्रीले गरे उद्धाटन

काठमाडौं ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को उद्ध्घाटन गरेका छन् ।

खानी तथा भूगर्भ विभागले आयोजना गरेको एक्स्पोको शुक्रबार उद्घाटन गर्दैै प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताए ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने समेत बताए । ‘सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here